नियम ५
श्रमिकलाई जगेडा राख्दा सूचना दिनु पर्ने
(१) ऐनको दफा १५ को उपदफा (१) बमोजिम कुनै श्रमिकलाई जगेडामा राख्नु अघि रोजगारदाताले सोको सूचना सम्बन्धित श्रमिकलार्इ दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचनामा देहायका कुराहरू खुलाउनु पर्नेछः-
(क) श्रमिकलाई जगेडामा राख्नु पर्ने कारण,
(ख) जगेडामा राख्नु पर्ने अवधि,
(ग) जगेडामा राखिएका श्रमिकको नाम, पद, कार्यरत शाखा वा एकाइ र कार्यविवरण,
(घ) जगेडामा रहेको अवधिभर श्रमिकलार्इ ऐनको दफा ३९ बमोजिम निजले खाइपाइ आएको पारिश्रमिकको आधा पारिश्रमिक दिने कुरा,
(ङ) रोजगारदाताले आवश्यक ठानेका अन्य कुराहरू ।
(३) श्रमिकलाई आंशिक रुपमा जगेडा राख्दा सम्भव भएसम्म समान प्रकृतिको काममा आलोपालो गरी जगेडामा राख्ने व्यवस्था मिलाउनु पर्नेछ र त्यसरी आलोपालो राखिएको कुरा समेत उपनियम (१) बमोजिमको सूचनामा उल्लेख गर्नु पर्नेछ।